काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको त्रिपक्षीय वार्ताका लागि मधेसी मोर्चाका नेताहरु बालुवाटार पुगेका छन् । मोर्चाका नेता महन्थ ठाकुरको नेतृत्वमा दोस्रो तहका नेताहरु हृदय त्रिपाठी, लक्ष्मणलाल कर्ण रामनरेश राय र लालबाबु रावत वार्ताका लागि बालुवाटार पुगेका हुन् ।
तर, मोर्चाका उपेन्द्र महतो, राजेन्द्र महतोलगायतका उच्च नेताहरु भने बैठकमा सहभागि बनेका छैनन् । उनीहरु आन्दोलनको नयाँ रणनीति बनाउन भन्दै विराटनगर पुगेको बताइएको छ ।
वार्ता र आन्दोलनलाई सँगसँगै लैजाने रणनीतिका साथ ठाकुरको नेतृत्वमा दोस्रो तहका नेतालाई वार्तामा पठाएर महतोद्वय भने विराटनगर पुगेको स्रोतको भनाई छ । विराटनगरस्थित उपेन्द्र यादवको घरमा आन्दोलनको रणनीति तय गर्न अहिले छलफल चलिरहेको छ ।
बालुवाटार बैठकमा भने मोर्चाका नेताहरुसँगै सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताहरुको सहभागिता रहेको छ । तराई मधेसमा विगत लामो समयदेखि देखापरेको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री केपी ओलीले संयुक्त वार्ताको आह्वान गरेका हुन् ।
प्रधाानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहार प्रमोद दाहालले समस्या समाधानका लागि सबै पक्षलाई सकारात्मक ढङ्गले प्रस्तुत हुन र मुलुकले भोग्नुपरेको समसयालाई वार्ता र संवादका माध्यमबाटै हल गर्ने ध्येयका साथ प्रधानमन्त्रीले संयुक्त छलफलको आयोजना गरेको जानकारी दिए ।
पछिल्ला दिनमा समस्या समाधानको विषयलाई लिएर प्रमुख दल र आन्दोलनरत दलबीच सार्थक वार्ता हुन नसकिरहेका बेला प्रधानमन्त्रीले वार्ताको आह्वान गरेका हुन् ।
मधेसी मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रलगायतका ११ बुँदे माग अगाडि सारेको छ । यस्तै, सङ्घीय संरचनाको सीमाङ्कनमा पनि प्रष्ट धारणा आउनुपर्ने मोर्चाको माग छ । मोर्चाले उठाएका विषयमध्ये तत्काल पूरा गर्न सकिने मागलाई संविधान संशोधनका माध्यमबाट समाधान गर्ने र अन्य मागलाई उच्चस्तरीय राजनीतिक समिति तथा संसदीय समितिमार्फत अगाडि बढाउन सकिने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डले राख्दै आएका छन् । काँग्रेसले भने आफू नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई पारित गरिए समस्या समाधानमा मार्गप्रशस्त हुने धारणा राख्दै आएको छ ।
सबै पक्षसँगको छलफलको आधारमा समस्या समाधानमा प्रतिबद्ध भएर लाग्ने र लचकताका साथ प्रस्तुत हुनुपर्ने दबाब सत्तारुढ दल र आन्दोलनरत मोर्चालाई पर्दै आएको छ । लामो समयदेखिको तराई मधेसको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको जनजीवन प्रभावित भएकोमा सबै विषयलाई वार्ता र संवादका माध्यमबाट अगाडि बढाउनुपर्नेमा दलहरुको जोड रहेको छ ।
source: ratopati
Home
/
Breaking News
/
Business
/
Domestic News
/
public posts
/
Slider
/
बालुवाटारको वार्ता निष्कर्षविहिन
Subscribe to:
Post Comments
(
Atom
)
Nepali calender
Powered and dev by Sumit-lama © nepali calendar
0 comments :
Post a Comment